परराष्ट्रमन्त्री शिशिर खनालद्वारा आर्य होटल एण्ड स्पा सम्मानित

theoutsidenepal.com

परराष्ट्रमन्त्री शिशिर खनालद्वारा आर्य होटल एण्ड स्पा सम्मानित

काठमाडौं । ठमेलस्थित ऐतिहासिक हेरिटेज होटल आर्य होटल एण्ड स्पा परराष्ट्रमन्त्री शिशिर खनालबाट सम्मानित भएको छ।


SAFJUAA बाट प्राप्त सम्मानप्रति होटलले खुसी तथा आभार व्यक्त गरेको छ। सम्मानपछि होटलका तर्फबाट सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनिएको छ, “SAFJUAA बाट सम्मानित हुन पाउँदा साँच्चै विनम्र र गौरवान्वित महसुस गरेका छौँ। यो सम्मान र निरन्तर सहकार्यका लागि धन्यवाद। आगामी दिनमा अझै प्रगति र उपलब्धिको यात्रामा अघि बढ्नेछौँ।”


होटलले यस सम्मानलाई आफ्नो सेवा, निरन्तर मेहनत र सहकार्यको कदरका रूपमा लिएको छ। साथै, SAFJUAA सँगको निरन्तर साझेदारीप्रति आभार व्यक्त गरेको छ।


अध्यक्ष कृष्ण सिम्खडाको नेतृत्वमा सञ्चालन हुँदै आएको आर्य होटल एण्ड स्पा ठमेलको पर्यटन तथा आतिथ्य क्षेत्रमा स्थापित हेरिटेज होटल हो। होटलले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान विस्तार गर्दै आएको छ। यसअघि माल्दिभ्समा समेत सम्मानित भएको आर्य होटल एण्ड स्पा एसियाका उत्कृष्ट होटलहरूमध्ये आफ्नो पहिचान बनाउन सफल भएको छ।


द टन न्युज | विशेष रिपोर्ट


प्रतिक्रिया