अमेरिकाबाट व्यवसायी पासाङ लामाको ठूलो सहयोग, उद्धार कोषमा १ करोड ७ हजार
अमेरिकामा रहेका नेपाली व्यवसायी पासाङ लामाले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड ७ हजार रुपैयाँ सहयोग गरेका छन्।
लामाले लामा फाउन्डेसनको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका हुन्।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको जीवनयापनमा कठिनाइ भइरहेको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
विदेशमा रहेर पनि मातृभूमिमा परेको विपद्का बेला सहयोग गर्दै आएका लामाको यो योगदानले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
02 September 2026