२५ वर्षमै अस्ट्रेलियामा आफ्नै कानुनी कम्पनी चलाउँदै नेपाली चेली सृष्टि शाह, बनेकी छन् हजारौँ युवाका लागि प्रेरणा

theoutsidenepal.com

२५ वर्षमै अस्ट्रेलियामा आफ्नै कानुनी कम्पनी चलाउँदै नेपाली चेली सृष्टि शाह, बनेकी छन् हजारौँ युवाका लागि प्रेरणा

द टन न्युज | टाइमलाइन

रौतहटकी २५ वर्षीया सृष्टि शाहले अस्ट्रेलियाको सिड्नीमा आफ्नै कानुनी परामर्श संस्था ‘ब्राइटेन ल’ (Brighten Law) स्थापना गर्दै नेपाली युवाका लागि प्रेरणादायी सफलता हासिल गरेकी छन्। केवल २५ वर्षको उमेरमै आफ्नै कानुनी कम्पनी सञ्चालन गर्दै उनले अन्तर्राष्ट्रिय कानुनी क्षेत्रमा नेपाली प्रतिभाको परिचय स्थापित गरेकी हुन्।


चार वर्षको उमेरमै परिवारसँगै अस्ट्रेलिया पुगेकी सृष्टिले कठिन परिश्रम, अध्ययन र निरन्तर अनुभवका आधारमा आज सफल कानुन व्यवसायीको पहिचान बनाएकी छन्। उनले म्याक्वारी विश्वविद्यालयबाट कानुनमा स्नातक अध्ययन पूरा गरेपछि विभिन्न प्रतिष्ठित ल फर्ममा इन्टर्नसिप तथा व्यावसायिक अभ्यासमार्फत अनुभव बटुलेकी थिइन्।

लाइसेन्सिङ प्रक्रिया सफलतापूर्वक पूरा गरी आधिकारिक सोलिसिटर बनेपछि उनले व्यक्तिगत क्षतिपूर्ति, सार्वजनिक दायित्व, व्यावसायिक कानुनी सेवा लगायतका क्षेत्रमा काम गरिन्। त्यसपछि आफ्नै कम्पनी स्थापना गर्दै नयाँ यात्रा सुरु गरेकी हुन्।

हाल ब्राइटेन लमार्फत व्यक्तिगत क्षति, कामदार क्षतिपूर्ति, चिकित्सकीय लापरबाही, सम्पत्ति खरिद–बिक्री, कानुनी कागजात तयारी तथा आप्रवासनसम्बन्धी सेवा प्रदान भइरहेको छ। कम्पनीमा नेपाली मात्र होइन, विभिन्न देशका सेवाग्राहीले पनि कानुनी सेवा लिइरहेका छन्।

सृष्टिका अनुसार कानुनी पेसामा सफलता प्राप्त गर्न अनुसन्धान, धैर्य, इमानदारी र समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण आधार हुन्।

विदेशमा बसेर आफ्नो सीप, मेहनत र समर्पणबाट सफल व्यवसाय स्थापना गर्दै नेपाली समुदायको प्रतिष्ठा बढाएकी सृष्टि शाहको यो उपलब्धिले विश्वभर रहेका नेपाली युवालाई ठूलो प्रेरणा दिएको छ।

द टन न्युज परिवारको तर्फबाट सृष्टि शाहलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना तथा सफलताको निरन्तर यात्राको मंगलकामना।


प्रतिक्रिया