अन्तर्राष्ट्रिय नारी दिवसमा रोविन शेरचनको सन्देश – “नारीको सम्मान नै राष्ट्रको अभिमान”

theoutsidenepal.com

अन्तर्राष्ट्रिय नारी दिवसमा रोविन शेरचनको सन्देश – “नारीको सम्मान नै राष्ट्रको अभिमान”


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा Robin Sherchan ले सम्पूर्ण महिलाहरूलाई शुभकामना व्यक्त गर्दै नारीको सम्मान र सशक्तिकरणमा जोड दिएका छन्।


सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले नारी केवल घरको आधार मात्र नभई समाज, राष्ट्र र भविष्यको सशक्त आधार भएको उल्लेख गरेका छन्।


उनले आमा, दिदीबहिनी र छोरीका रूपमा महिलाले माया, त्याग, साहस र प्रेरणामार्फत समाजलाई सुन्दर बनाइरहेको बताएका छन्।


शेरचनले सभ्य समाजको पहिचान नै नारीको सम्मान, समान अधिकार र अवसर सुनिश्चित गर्नु भएको उल्लेख गर्दै यस दिशामा सबैले मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।


उनले अन्तर्राष्ट्रिय नारी दिवसले सम्पूर्ण महिलाहरूको योगदानको कदर गर्दै समानता, सम्मान र सशक्तिकरणको सन्देश अझ बलियो बनाओस् भन्ने कामना पनि गरेका छन्।


एनआरएनए आईसीसीका अध्यक्ष पदका उम्मेदवार शेरचनले “नारीको सम्मान — राष्ट्रको अभिमान” भन्दै महिलाप्रति सम्मान व्यक्त गरेका छन्।


प्रतिक्रिया