लोकतान्त्रिक अभ्यासबाट नेतृत्वको यात्राः पवन प्रकृति स्कुलमा भव्य इन्भेस्टिचर समारोह सम्पन्न

theoutsidenepal.com

लोकतान्त्रिक अभ्यासबाट नेतृत्वको यात्राः पवन प्रकृति स्कुलमा भव्य इन्भेस्टिचर समारोह सम्पन्न


ललितपुरको इमाडोलस्थित पवन प्रकृति स्कुलमा विद्यार्थी नेतृत्व विकासलाई थप सशक्त बनाउने उद्देश्यका साथ भव्य इन्भेस्टिचर समारोह सम्पन्न भएको छ। लोकतान्त्रिक निर्वाचन प्रक्रियामार्फत चयन भएका नयाँ स्कुल क्याप्टेन तथा भाइस क्याप्टेनहरूलाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको हो।


निर्वाचन अभियानदेखि मतदाताको विश्वास जित्दै नेतृत्वको जिम्मेवारी ग्रहण गर्ने यात्राले विद्यार्थीहरूलाई लोकतन्त्र, उत्तरदायित्व, अनुशासन र नेतृत्वको वास्तविक अभ्यास सिकाएको विद्यालयले जनाएको छ। समारोहमा नवनिर्वाचित विद्यार्थी नेताहरूले विद्यालय, शिक्षक, अभिभावक तथा सहपाठीहरूको विश्वासलाई कायम राख्दै उदाहरणीय नेतृत्व प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


विद्यालयका प्रिन्सिपल उत्तर राईले विद्यार्थी नेतृत्व विकास नै भविष्यका सक्षम नागरिक निर्माणको आधार भएको उल्लेख गर्दै लोकतान्त्रिक संस्कार र जिम्मेवारीबोधलाई विद्यालयले उच्च प्राथमिकता दिएको बताए। त्यसैगरी भाइस प्रिन्सिपल भुवन घिमिरेले विद्यार्थीहरूलाई नेतृत्वका अवसर प्रदान गर्नु नै उनीहरूको आत्मविश्वास, निर्णय क्षमता र सामाजिक उत्तरदायित्व विकास गर्ने महत्वपूर्ण माध्यम भएको धारणा राखे।


कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। नवनिर्वाचित नेतृत्व टोलीलाई बधाई दिँदै विद्यालय परिवारले सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।


पवन प्रकृति स्कुलले फेरि एकपटक प्रमाणित गरेको छ कि उत्कृष्ट शिक्षा केवल कक्षाकोठामा सीमित हुँदैन, नेतृत्व, लोकतन्त्र र जिम्मेवारीको अभ्यासबाट पनि भविष्यका सक्षम नागरिक निर्माण हुन्छन्।


प्रतिक्रिया