काभ्रे — चौरिदेउराली गाउँपालिका वडा नं. १ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता ठुला लामाको गाडी अज्ञात समूहले तोडफोड गरेको घटना सार्वजनिक भएको छ।
घटनाबारे जानकारी दिँदै रास्वपाका युवा नेता श्रीमान तामाङ ले टन न्युजलाई भने, “अज्ञात समूहले लक्षित गरेर गाडीमा क्षति पुर्याएको हो। घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दछौं।”
घटनापछि स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको छ भने सुरक्षा निकायले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
26 March 2026