मोरङ–३ : डा. सुनिल कुमार शर्माको घरदैलो अभियानले थप्यो जनसमर्थन

theoutsidenepal.com

मोरङ–३ अन्तर्गत पथरी शनिश्चरे नगरपालिका र बेलबारी नगरपालिकामा नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माको निरन्तर घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय मतदाताहरूको उत्साहपूर्ण सहभागिताले माहौल तताएको छ।


डा. शर्मा अनुसार, “मेरो भाग्यविधता मतदाताहरूको आशिर्वाद, माया, हौसला र स्वतःस्फूर्त सहयोगले मेरो मनोबल थप उच्च भएको छ। यहाँहरूको विश्वास र अपनत्वले अझ बढी ऊर्जा दियो। हाम्रो सम्बन्ध चुनावको मात्रै होइन, साझा भविष्य निर्माणको हो।”


स्थानीय स्रोतका अनुसार, डा. शर्मा निरन्तर जनसम्पर्क, सेवा भाव र सकारात्मक अभियानका कारण मोरङ–३ का जनतामा व्यापक लोकप्रियता हासिल गरिरहेका छन्। युवा, महिला र बृद्ध–बृद्धा सबै वर्गले उनको नेतृत्व र सामाजिक योगदानको उच्च मूल्याङ्कन गरेका छन्।


विशेषज्ञहरूका अनुसार, यस्तो सक्रिय र सकारात्मक जनसंपर्कले डा. शर्मा मोरङ–३ मा नेपाली कांग्रेसको विजय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।


यसरी, निरन्तर घरदैलो, जनसंपर्क र मतदातासँगको निकट सम्बन्धले डा. सुनिल कुमार शर्मालाई मोरङ–३ मा विश्वास र समर्थनको प्रतीक बनाएको छ।


प्रतिक्रिया