रास्वपाको महाधिवेशनमा यम प्रसाद श्रेष्ठको दमदार उम्मेदवारी, केन्द्रीय सदस्यमा बलियो दाबेदारी
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा आदिवासी जनजाति खुला तर्फबाट यम प्रसाद श्रेष्ठले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पार्टी स्थापना कालदेखि संगठन निर्माण, जनसम्पर्क विस्तार र पार्टीको नीति तथा अभियानलाई जनस्तरसम्म पुर्याउन सक्रिय भूमिका खेलेका श्रेष्ठले आफूलाई जिम्मेवार, इमानदार र समर्पित कार्यकर्ताको रूपमा प्रस्तुत गर्दै उम्मेदवारी दिएका हुन्।
महाधिवेशन प्रतिनिधिहरूसँग मत, विश्वास र समर्थनको अपिल गर्दै श्रेष्ठले पार्टीलाई अझ सशक्त, व्यवस्थित र जनमुखी बनाउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको उम्मेदवारीलाई महाधिवेशनस्थलमा सकारात्मक रूपमा हेरिएको बताइएको छ।
“पदभन्दा जिम्मेवारी ठूलो हुन्छ, र जिम्मेवारीभन्दा संगठन” भन्ने सन्देशसहित चुनावी मैदानमा उत्रिएका श्रेष्ठले रास्वपाको आगामी यात्रामा प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ।