मोरङ–४ मा उम्मेदवार अमन लाल मोदीलाई मतदातालाई अपिल

theoutsidenepal.com

मोरङ क्षेत्र नम्बर ४ मा चुनावी मैदानमा रहेका युवा तथा विकासवादी नेता अमन लाल मोदी लाई आफ्नो अमूल्य मतद्वारा विजय गराउन सम्पूर्ण मतदाता र जनतालाई हार्दिक अपिल गरिएको छ।


उहाँको पक्षमा मत माग्दै समर्थकहरूले उहाँलाई “एक योद्धा, विकासवादी नेता, र सबैका प्रिय” को रूपमा चिनाउँदै आएका छन्। निर्वाचनमा उहाँको प्रतिबद्धता विकास, सामाजिक समावेशिता र क्षेत्रीय प्रगतिमा केन्द्रित रहेको बताइएको छ।


मतदातालाई आफ्नो अधिकार प्रयोग गरी लोकतन्त्रको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न प्रेरित गर्दै, उम्मेदवारको टोलीले प्रत्येक मतदाता सम्म पुगेर सहयोग मागिरहेको छ।


निर्वाचन क्षेत्रका स्थानीयहरू र विभिन्न समुदायका प्रतिनिधिहरूले पनि अमन लाल मोदीलाई समर्थन गर्ने ऐक्यबद्धता देखाइरहेका छन्।


प्रतिक्रिया