काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह को स्वागतमा राजधानी काठमाडौं मा भव्य जनसहभागिता देखिएको भन्दै युवा व्यवसायी तथा मदर ल्याण्ड नेपाल का संस्थापक अध्यक्ष अनिल पाण्डेयले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
पाण्डेयले सार्वजनिक गरेको भिडियोसहितको स्टाटसमा काठमाडौंमा देखिएको जनलहरलाई सकारात्मक संकेतको रूपमा उल्लेख गर्दै देशमा हिन्दु राज्य आवश्यक रहेको आफ्नो धारणा व्यक्त गरेका छन् । उनले “सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले प्रेरित जनसहभागिता देखिएको” भन्दै यसलाई नागरिक अभिव्यक्तिको रूपमा व्याख्या गरेका छन् ।
सार्वजनिक भिडियोमा पूर्वराजाको स्वागतका क्रममा सडक तथा विभिन्न स्थानहरूमा उल्लेख्य भीडभाड देखिएको छ । स्वागत कार्यक्रममा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर उत्साहपूर्ण उपस्थिति जनाएको दृश्य समेत देखिएको छ ।
राजनीतिक तथा सामाजिक वृत्तमा भने उक्त जनलहर र पाण्डेयको धारणा विभिन्न कोणबाट चर्चा भइरहेको छ । केहीले यसलाई नागरिक स्वतन्त्र अभिव्यक्ति मानेका छन् भने केहीले राजनीतिक सन्दर्भसँग जोडेर बहस अघि बढाएका छन् ।
हालसम्म सम्बन्धित निकाय वा अन्य प्रमुख राजनीतिक दलबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । तर सामाजिक सञ्जालमा उक्त भिडियो र स्टाटसले व्यापक ध्यान तानेको देखिन्छ ।