वैतडी — वैतडी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा नेपाली कांग्रेस नेता चतुर बहादुर चन्दले हालै सम्पन्न पार्टी प्रवेश कार्यक्रममा सहभागी जनताबाट प्राप्त माया र समर्थनले उत्साहित भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ।
उहाँले कार्यक्रममा भन्नुभयो, “तल्लो स्वराडका दाजुभाइ दिदीबहिनीहरूले देखाउनुभएको माया र साथले हौसला थपेको छ। आजको पार्टी प्रवेश कार्यक्रमले हाम्रो यात्रालाई अझ सबल र संगठित बनाएको छ।”
कार्यक्रममा स्थानीय मतदाताहरू, पार्टी कार्यकर्ता र युवा समूहको उल्लेखनीय उपस्थितिले कांग्रेसको संगठनलाई थप मजबुत बनाएको आयोजकले जनाएका छन्। चतुर बहादुर चन्दको सक्रियता, युवा र सर्वसाधारणसँग प्रत्यक्ष संवाद तथा पारदर्शी नेतृत्व शैलीले आगामी निर्वाचनमा उनको अभियानलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
स्थानीय विश्लेषकहरूको मत अनुसार, चतुर बहादुर चन्दको लोकप्रियता र जनतासँगको सम्बन्धले वैतडी–१ मा कांग्रेसको विजयको सम्भावना अझ सुदृढ बनाएको छ।