कैलाली–४ मा आनन्द बिष्टको व्यापक जनलहर, जीत नजिकिँदै

theoutsidenepal.com

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आनन्द बिष्टले चुनावी अभियानलाई तीव्र बनाउँदै व्यापक जनलहर सिर्जना गरेका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा उनले गोदावरी नगरपालिका–२ केन्द्रित घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्।


घर–घर पुगेर समस्या सुन्ने, सुझाव ग्रहण गर्ने र समाधानको स्पष्ट प्रतिबद्धता जनाउने उनको शैलीले स्थानीयमा सकारात्मक प्रभाव पारेको बताइएको छ। मतदाताहरूका अनुसार बिष्टको विकासप्रतिको स्पष्ट योजना, सहज पहुँच र सक्रियता नै उनको सबैभन्दा ठूलो बल बनेको छ।


घरदैलोका क्रममा बुद्धिजीवी, युवा, महिला तथा अग्रजहरूले उत्साहपूर्वक स्वागत गर्दै विजयको शुभकामना दिएका छन्। पछिल्ला दिनहरूमा ‘रुख’ चुनाव चिन्हप्रति आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीयहरूको भनाइ छ, जसले नेपाली कांग्रेसका पक्षमा स्पष्ट माहोल बन्दै गएको संकेत गरेको छ।


अभियानमा क्षेत्रीय सभापति बसन्त रोकाया (ललित) र युवा परिचालन संयोजक कमल कडायतलगायतका नेता सक्रिय रूपमा खटिएका छन्। पार्टी संगठनको मजबुत समन्वय, अनुशासन र निरन्तरको घरदैलो अभियानका कारण कैलाली–४ मा कांग्रेस बलियो प्रतिस्पर्धी मात्र नभई जितको नजिक पुगेको आकलन गरिएको छ।


स्थानीय विश्लेषण अनुसार गोदावरी नगरपालिका, चुरे गाउँपालिका र गौरीगंगा नगरपालिका क्षेत्रमा बिष्टको पक्षमा समर्थन तीव्र रूपमा विस्तार हुँदै गएको छ। सशक्त संगठन, सक्रिय जनसम्पर्क र मतदातासँगको प्रत्यक्ष सम्बन्धले कैलाली–४ मा आनन्द बिष्टको जीत लगभग सुनिश्चित जस्तै देखिएको समर्थकहरूको दाबी छ।


प्रतिक्रिया