सर्लाही–४ मा बालेन शाहको स्वागत र समर्थनका लागि उम्मेदवार अमरेशकुमार सिंहको अनुरोध

theoutsidenepal.com

सर्लाही, फेब्रुअरी १०, २०८२ – रास्वपा का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाह भोलि, २०८२ माघ २८ गते सर्लाही क्षेत्र नम्बर ४ मा आगमन हुने भएका छन्। यस अवसरमा उम्मेदवार अमरेशकुमार सिंहले जनसमुदायलाई उपस्थित भएर स्वागत र समर्थन गर्न आग्रह गरेका छन्।


अधिकारिक जानकारी अनुसार, बालेन शाह बिहान ८:०० बजे मलङ्वाबाट प्रस्थान गर्नु हुनेछ। निर्धारित मार्ग यस प्रकार रहेको छ:


  • मलङ्वा → गोडैटा → हुलाकी सडक हुँदै गडहिया चौक → छतौना → धुर्वा → खैर्वा बजार → बहुअर्वा → बैरिया → सिसौट बजार → मानपुर बैरेज → पिपराभिता → हजरिया → बरहथवा बजार।



उम्मेदवार अमरेशकुमार सिंहले स्थानीय जनसमुदायलाई आफ्नो नजिकको ठाँउमा उपस्थित भइ बालेन शाहलाई स्वागत गर्न र आफ्नो समर्थन प्रकट गर्न आग्रह गरेका छन्।


यस अवसरमा समर्थक र स्थानीय बासिन्दाबीच उत्साहपूर्वक सहभागिता रहने अपेक्षा गरिएको छ।


प्रतिक्रिया