नेता सन्तोष परियारले कानुनी विवाह गरे

theoutsidenepal.com

पोखरा । नेता सन्तोष परियारले विवाह गरेका छन्। उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका–१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन्।


परिवार, आफन्त तथा नजिकका मित्रहरूको उपस्थितिमा सम्पन्न उक्त विवाह सरल र मर्यादित ढंगले सम्पन्न भएको जनाइएको छ। परियार र मित्रकोटीले आपसी समझदारी, विश्वास र सम्मानका आधारमा नयाँ जीवनको सुरुवात गरेका छन्।


विवाहपछि दुवै जनालाई सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूले बधाई तथा शुभकामना दिएका छन्। नयाँ दाम्पत्य जीवन सुख, शान्ति र सफलताले भरिपूर्ण रहोस् भन्ने कामना गरिएको छ।


प्रतिक्रिया