काठमाडौं ।मोरङ क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा रहेका कांग्रेस नेता एवं व्यवसायी Sunil Kumar Sharma ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान Sabitra Bhandari (साम्बा) को उपचार KMC अस्पतालमा निःशुल्क गरिदिने घोषणा गरेका छन्।
देशको गौरवका रूपमा चिनिएकी साम्बा स्वास्थ्य समस्याका कारण उपचारको आवश्यकता परिरहेका बेला डा. शर्माले सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका हुन्। उनले खेलाडीहरू राष्ट्रका अमूल्य सम्पत्ति भएकाले अप्ठ्यारो अवस्थामा साथ दिनु सबैको कर्तव्य भएको बताएका छन्।
“साम्बाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उचाल्नुभएको छ। उहाँको स्वास्थ्य उपचारमा सहयोग गर्नु मेरो दायित्व हो,” डा. शर्माले भने, “उहाँ छिट्टै स्वस्थ भएर मैदानमा फर्किनुहोस् भन्ने हाम्रो कामना छ।”
डा. शर्मा स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनको यस कदमलाई धेरैले सामाजिक उत्तरदायित्व र खेलाडीप्रतिको सम्मानको उदाहरणका रूपमा लिएका छन्।
साम्बाले नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्याउँदै हजारौं युवतीका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देशभरबाट शुभेच्छा व्यक्त भइरहेका छन्।