भक्तपुरमा आज दुर्गा प्रसाईँद्वारा विशेष पत्रकार सम्मेलन, अनुसन्धानात्मक भिडियो सार्वजनिक गरिने

theoutsidenepal.com

भक्तपुर — दुर्गा प्रसाईँले आज (२९ माघ २०८२, बिहीबार) दिनको ठीक ११:३० बजे भक्तपुरस्थित आफ्नो निजी निवासमा विशेष पत्रकार सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सम्पूर्ण पत्रकारहरूलाई समाचार संकलनका लागि उपस्थित हुन हार्दिक निमन्त्रणा दिएका छन्।


उनका अनुसार पत्रकार सम्मेलनमा सिंहदरबार तथा न्यायालयमा आगजनी, राज्य संरचना ध्वस्त पार्ने र सत्ता पल्टाउने योजनासम्म कसरी विस्तार भयो भन्ने विषयमा प्रमाणसहित गहिरो अनुसन्धान गरिएको विशेष भिडियो सामग्री सार्वजनिक गरिनेछ। उक्त भिडियो ३०० इन्चको विशाल पर्दामा प्रदर्शन गरिने जानकारी उनले दिएका छन्।


पत्रकार सम्मेलन तथा विशेष भिडियो सार्वजनिक कार्यक्रम आज दिनको ११:३० बजे दुर्गा प्रसाईँको निजी निवास, भक्तपुरमा सम्पन्न हुने जनाइएको छ।


प्रतिक्रिया