महानायक राजेश हमाल : नेपाली चलचित्र उद्योगका सदाबहार सुपरस्टार

theoutsidenepal.com

काठमाडौं — युवा व्यवसायी एवं समाजसेवी प्रिन्स युवराज कार्कीले सामाजिक सञ्जालमार्फत महानायक राजेश हमालप्रति सम्मान प्रकट गर्दै उहाँलाई नेपाली चलचित्र उद्योगका सदाबहार सुपरस्टारका रूपमा स्मरण गरेका छन्।


कार्कीका अनुसार, एक समय नेपाली चलचित्र उद्योगमा राजेश हमालको नाम मात्र पोस्टरमा राख्दा पनि दर्शक हलसम्म तानिन्थे। त्यो समय यस्तो थियो, जहाँ उहाँको उपस्थितिले नै चलचित्रको सबैभन्दा ठूलो प्रचारको काम गर्थ्यो।


उहाँलाई त्यसबेलाका चलचित्र निर्माताहरूका लागि ‘पैसा छाप्ने मेसिन’ जस्तै मानिन्थ्यो। उहाँ अभिनीत चलचित्रहरू व्यावसायिक रूपमा अत्यन्त सफल हुने गरेका थिए, जसले नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको कार्कीले उल्लेख गरेका छन्।


कार्कीले आज पनि राजेश हमाल नेपाली सिने क्षेत्रमा सम्मान, प्रतिष्ठा र लोकप्रियताको प्रतीकका रूपमा स्थापित रहनुभएको उल्लेख गर्दै, उहाँको योगदान नेपाली चलचित्र इतिहासमा सदैव स्मरणीय रहने बताएका छन्।


प्रतिक्रिया