रौतहट–४ बाट मोबाईल छापमा मतदान गरी ऋषि धमलालाई जिताऔं भन्ने अपिल गर्दै एलिजा गौतम ले सामाजिक सञ्जालमार्फत महत्वपूर्ण राजनीतिक सन्देश सार्वजनिक गरेकी छन्।
उनले रौतहट क्षेत्र नम्बर ४ का मतदातालाई “मोबाइल छाप”मा मतदान गर्न आग्रह गर्दै चर्चित सञ्चारकर्मी तथा उम्मेदवार ऋषि धमला लाई विजय गराउन आह्वान गरेकी हुन्।
गौतमले आफू समानुपातिक तर्फ १ नम्बर सूचीमा रहेको उल्लेख गर्दै देशभर जहाँबाट भए पनि आफ्नो पार्टीलाई मत दिन सकिने बताएकी छन्। उनले #आम_जनता_पार्टी र #मोबाइल_छाप ह्यासट्यागसहित मतदातालाई सक्रिय सहभागिताको आग्रह गरेकी छन्।
उनको यो अपिलसँगै रौतहट–४ मा चुनावी माहोल थप तातेको राजनीतिक वृत्तमा चर्चा छ। समर्थकहरूले सामाजिक सञ्जालमा उनको सन्देशलाई व्यापक रूपमा शेयर गर्दै “मोबाइल छाप”मा मतदान गरी परिवर्तनको पक्षमा उभिन आग्रह गरिरहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार एलिजा गौतमको खुला समर्थनले रौतहट–४ को प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।