संसद सञ्चालनका लागि वरिष्ठ नेता अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिँदै

theoutsidenepal.com

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संसदका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिने भएका छन्।


संसदमा सबैभन्दा बृद्ध (ज्येष्ठ) सदस्यका रूपमा रहेका केसीले भोलि बस्ने प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने तयारी गरिएको छ। संसदीय परम्परा अनुसार नयाँ अधिवेशनको प्रारम्भमा ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्दै बैठक सञ्चालन गर्ने व्यवस्था रहँदै आएको छ।


केसीले शपथ ग्रहण गरेपछि सभामुख चयन नभएसम्मका लागि संसद बैठक सञ्चालन गर्ने जिम्मेवारी सम्हाल्नेछन्। उनको नेतृत्वमा भोलिको बैठक अघि बढ्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ।


लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय केसीलाई अनुभवी र सन्तुलित नेताका रूपमा लिइन्छ।


प्रतिक्रिया