काठमाडौँ, बैशाख — नेपाली संगीत प्रेमीहरूका लागि खुसीको खबर आएको छ। ९० को दशकका चर्चित बलिउड गायक Abhijeet Bhattacharya पहिलो पटक नेपालमा भव्य लाइभ कन्सर्ट गर्न आउने भएका छन्।
आगामी असार ७ गते (२१ जुन २०२६) काठमाडौँस्थित Royal Tulip Kathmandu मा आयोजना हुने उक्त कन्सर्टले पुराना यादहरूलाई फेरि एकपटक ताजा बनाउने विश्वास लिइएको छ। “एकातिर दुनियाँ सारा” जस्ता चर्चित गीतमार्फत नेपाली दर्शकको मन जितेका अभिजीतको प्रस्तुति विशेष आकर्षण रहने आयोजकले जनाएको छ।
यो कार्यक्रम साधना कला केन्द्र (SKK) र Music Association of Nepal को संयुक्त आयोजनामा हुन लागेको हो भने मिडिया पार्टनरको रूपमा Kantipur Media Group रहेको छ।
कन्सर्ट केवल मनोरञ्जनमा सीमित नभई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ। कार्यक्रममार्फत BBTM Foundation का लागि च्यारिटी सहयोग संकलन गरिनेछ, जसले विभिन्न मानवीय कार्यहरूमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको साउन्ड र लाइटिङसहित भव्य रूपमा सञ्चालन गरिनेछ, जहाँ नेपाली र भारतीय संगीतको उत्कृष्ट संगम प्रस्तुत हुनेछ।
यसैबीच, युवा व्यवसायी एवं समाजसेवी डेनी शेर्पाले सम्पूर्ण संगीत प्रेमीहरूलाई कार्यक्रममा सहभागी भई च्यारिटी अभियानलाई सफल बनाउन आग्रह गरेका छन्।
टिकट बुकिङ चाँडै खुल्ने आयोजकले जनाएको छ। थप जानकारीका लागि 9851023576 र 9801023576 मा सम्पर्क गर्न सकिनेछ।