शक्तिशाली सरकारसँगै कडा प्रहरी नेतृत्व: दान बहादुर कार्की बाट ठूला कदमको अपेक्षा

theoutsidenepal.com

काठमाडौं — नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा ठूला तथा संवेदनशील मुद्दामा सक्रियता देखाउँदै आएको छ। विशेषगरी Dan Bahadur Karki काठमाडौं प्रहरी परिसर प्रमुख रहँदा चर्चित Fake Bhutanese Refugee Scam लाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। उक्त प्रकरणमा पूर्व गृहमन्त्रीदेखि उच्च तहका भीआईपी व्यक्तिहरू पक्राउ परेका थिए, जसले प्रहरीको साहसिक कदमको रूपमा चर्चा पाएको थियो।


अहिले देशले Balen Shah जस्तो शक्तिशाली नेतृत्व पाएको सन्दर्भमा, प्रहरी संगठन पनि त्यत्तिकै सक्रिय र प्रभावकारी हुने अपेक्षा गरिएको छ। वर्तमान प्रहरी महानिरीक्षकको रूपमा रहेका कार्कीमाथि सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र जनताको विश्वास जित्ने ठूलो जिम्मेवारी रहेको छ।


स्रोतहरूका अनुसार कार्की ‘खुट्टा कमाउने’ शैलीका नभई काममुखी अधिकारीका रूपमा चिनिन्छन्। यही कारण आगामी दिनमा कानून कार्यान्वयनमा कडाइ, ठूला भ्रष्टाचार काण्डको अनुसन्धान र निष्पक्ष कार्यशैलीमार्फत उनले जनताको मन जित्ने विश्वास गरिएको छ।


प्रतिक्रिया