नेपाली जनसम्पर्क समिति अमेरिका (NPRCA USA) को अधिवेशन सफल बनाउन युवा नेता महेन्द्र बस्नेतको आग्रह

theoutsidenepal.com

नेपाली जनसम्पर्क समिति अमेरिका (NPRCA USA) को अधिवेशन सफल बनाउन युवा नेता महेन्द्र बस्नेतको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता महेन्द्र बस्नेतले नेपाली जनसम्पर्क समिति अमेरिका (NPRCA USA) को आगामी अगस्ट १४, १५ र १६ मा हुने अधिवेशन भव्य, सभ्य, निष्पक्ष, लोकतान्त्रिक तथा ऐतिहासिक रूपमा सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै बस्नेतले उक्त अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई संगठनलाई अझ सशक्त, एकताबद्ध र जनमुखी बनाउने महत्वपूर्ण अवसर भएको बताएका छन्।


उनले नेपाली कांग्रेसको लोकतान्त्रिक आदर्श, मूल्य र सिद्धान्तलाई आत्मसात् गर्दै प्रवासमा रहेका नेपालीहरूको हक, हित र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्व स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

बस्नेतले लोकतन्त्रको सुन्दरता स्वस्थ प्रतिस्पर्धा र संगठनात्मक एकतामा निहित रहेको उल्लेख गर्दै “विचारमा प्रतिस्पर्धा होस्, व्यवहारमा सम्मान होस्, र परिणाममा सबैको अपनत्व कायम रहोस्” भन्ने सन्देश दिएका छन्।

उनले अधिवेशनलाई सफल बनाउन सम्पूर्ण प्रतिनिधि, उम्मेदवार, अग्रज नेताहरू तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सबै सदस्यलाई सक्रिय रूपमा सहभागी हुन हार्दिक अनुरोध गर्दै अन्त्यमा “जय नेपाल” भन्ने सन्देश पनि दिएका छन्।


प्रतिक्रिया