गणतन्त्र दिवसमा रोविन शेरचनको शुभकामना, सहिदप्रति श्रद्धाञ्जली
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–आईसीसी) का वरिष्ठ उपाध्यक्ष Robin Sherchan ले गणतन्त्र दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त गणतन्त्रलाई अझ सुदृढ, समावेशी र समृद्ध बनाउने जिम्मेवारी सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। साथै देश जहाँ रहे पनि नेपाली मन, पहिचान र राष्ट्रप्रतिको जिम्मेवारी सधैं एकै रहने धारणा व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमार्फत उहाँले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सुखी, समृद्ध र एकताबद्ध नेपालको कामना गर्नुभएको छ।