संसदमा आज बजेट प्रस्तुत हुँदै, चार बजे संयुक्त बैठक

theoutsidenepal.com

संसदमा आज बजेट प्रस्तुत हुँदै, चार बजे संयुक्त बैठक

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। बजेट पेश गर्न दिउँसो चार बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने तय भएको छ।

निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले सरकारको वार्षिक आय–व्यय विवरण सार्वजनिक गर्नेछन्। बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक नीति, राजस्व संकलन, विकास खर्च तथा प्राथमिकताका कार्यक्रम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।


यसअघि बजेटलाई अन्तिम रूप दिन तथा स्वीकृतिका लागि दिउँसो साढे दुई बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठकमा अर्थमन्त्री वाग्लेले बजेटका मुख्य विषयवस्तु तथा प्राथमिकताबारे मन्त्रिपरिषद्लाई जानकारी गराउने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया