वसन्तसँगै छाला जोगाउने चेतावनी: कोरियाबाट सिर्जना नेपालीको विशेष सुझाव

theoutsidenepal.com

सिओल, दक्षिण कोरिया।कोरियामा वसन्त ऋतु सुरु भएसँगै चेरी ब्लोसमले शहरलाई मनमोहक बनाएको छ। तर सुन्दरताको यही मौसमले छालामा गम्भीर चुनौती पनि ल्याउने गरेको छ। Korean Beauty Court की प्रबन्धक सिर्जना नेपालीका अनुसार तापक्रमको तीव्र उतारचढाव, सुख्खा हावा र धुलोका कारण छालासम्बन्धी समस्या उल्लेखनीय रूपमा बढिरहेका छन्।


उनका अनुसार वसन्तमा बिहान र दिउँसोको तापक्रमबीच देखिने ठूलो अन्तर, जसलाई ‘इल्ग्योछा’ भनिन्छ, छालालाई अत्यन्त संवेदनशील बनाउँछ। यसले रक्तनलीमा संकुचन र विस्तार तीव्र बनाउँदै छालामा रातोपन, चिलाउने र जलनजस्ता समस्या निम्त्याउने गर्छ।


त्यस्तै, कम आर्द्रताका कारण छालाबाट पानीको क्षय बढ्ने (ट्रान्सएपिडर्मल वाटर लस) समस्या पनि गम्भीर बन्दै गएको छ। यसले छालालाई सुख्खा, खस्रो र समयभन्दा अघि नै चाउरी पर्ने जोखिम बढाउने विज्ञहरू बताउँछन्।


अर्कोतर्फ, मिसेमन्जी (सूक्ष्म धुलो) र पहेंलो धुलोले छालामा अक्सिडेटिभ स्ट्रेस बढाउँदै कोलाजेनमा क्षति पुर्‍याउने र एक्ने तथा समयपूर्व बुढ्यौली निम्त्याउने खतरा बढाएको छ।


सिर्जना नेपालीले यस्तो अवस्थामा नियमित क्लिन्जिङ, सनस्क्रिनको प्रयोग र गुणस्तरीय मोइस्चराइजर अनिवार्य भएको बताइन्। “बाहिर निस्किँदा छालालाई सुरक्षित राख्ने र फर्किएपछि डिप क्लिनिङ गर्ने बानीले ठूलो फरक पार्छ,” उनले भनिन्।


उनका अनुसार पछिल्ला दिनमा क्लिनिकल स्किन केयरतर्फ आकर्षण बढ्दो छ, जसमा छालाको गहिराइसम्म सफा गर्ने, हाइड्रेशन कायम राख्ने र स्किन ब्यारेयर मजबुत बनाउने प्रविधिहरू प्रभावकारी देखिएका छन्। Korean Beauty Court ले हाइड्रोफेसियल, अक्सिजन थेरापी र अल्ट्रासाउन्डजस्ता आधुनिक सेवामार्फत ग्राहकलाई विशेष हेरचाह प्रदान गर्दै आएको जनाएको छ।


प्रतिक्रिया