मातृभूमिको पीडामा भुवन खरेलको भावुक अपिल : ‘सानो सहयोग पनि अमूल्य हुन्छ’

theoutsidenepal.com

मातृभूमिको पीडामा भुवन खरेलको भावुक अपिल : ‘सानो सहयोग पनि अमूल्य हुन्छ’ 

एनआरएनए आईसीसीका अमेरिकाज क्षेत्रीय संयोजक भुवन खरेलले मातृभूमि नेपाल विपत्तिमा परेको बेला सबै नेपालीलाई एकताबद्ध भएर सहयोगमा जुट्न भावुक अपिल गरेका छन्।

खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो सानो योगदानलाई मातृभूमिप्रतिको माया र कर्तव्यका रूपमा प्रस्तुत गर्दै विपत्तिको समयमा हरेक नेपालीको सहयोग महत्वपूर्ण हुने बताएका छन्।

उनले लेखेका छन्, “मातृभूमिको पीडामा एक थोपा आँसु, एक सानो सहयोग र एकताको भावना पनि अमूल्य हुन्छ। एकतामा बल छ।”

नेपालमा पछिल्लो समय बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा बढिरहेका बेला प्रवासमा रहेका नेपालीलाई समेत सहयोग र ऐक्यबद्धताका लागि खरेलले आह्वान गरेका हुन्।

उनको भनाइमा, विपत्तिको घडीमा ठूलो–सानो सहयोगभन्दा पनि मातृभूमिप्रतिको भावना, जिम्मेवारी र एकता महत्वपूर्ण हुन्छ। उनले सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै पीडित नेपालीको साथमा उभिन आग्रह गरेका छन्।

“आउनुहोस्, तपाईं, म र हामी सबै जुटेर मातृभूमिको यस पीडालाई एकताबद्ध भएर सामना गरौँ,” खरेलको अपिल छ।

विदेशमा रहेर पनि नेपालको दुःख–पीडामा निरन्तर चासो र सहयोगको भावना व्यक्त गर्दै आएका खरेलको यो अपिलले प्रवासी नेपाली समुदायमा ‘विपत्तिमा नेपालका लागि एकजुट बनौँ’ भन्ने सन्देश दिएको छ। 


प्रतिक्रिया