एक रुपैयाँको नयाँ सिक्कामा चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिने

theoutsidenepal.com

काठमाडौं । सरकारले एक रुपैयाँको सिक्कामा नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको नयाँ डिजाइन तयार गरेको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त डिजाइन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ। स्वीकृतिपछि डिजाइन अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंकमा आवश्यक प्रक्रिया अगाडि बढाउन पठाइएको छ।


यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बाको तस्वीर समावेश गरिएको डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो। तर मन्त्रिपरिषद्ले उक्त डिजाइन फिर्ता पठाएपछि नयाँ डिजाइन तयार गरिएको हो।

नयाँ डिजाइनमा नेपालको राष्ट्रिय पहिचान झल्किने चुच्चे नक्सा तथा सांस्कृतिक महत्व बोकेको आकाश भैरवको चित्र समावेश गरिएको स्रोतले जनाएको छ। अब राष्ट्र बैंकले आवश्यक प्राविधिक प्रक्रिया पूरा गरेपछि नयाँ डिजाइनअनुसारको एक रुपैयाँको सिक्का प्रचलनमा ल्याइने अपेक्षा गरिएको छ।


प्रतिक्रिया