शहीद दशरथ चन्द विश्वविद्यालय सञ्चालनका लागि अर्थमन्त्रीसँग छलफल

theoutsidenepal.com

शहीद दशरथ चन्द विश्वविद्यालय सञ्चालनका लागि अर्थमन्त्रीसँग छलफल


काठमाडौँ — डा. स्वर्णिम वाग्ले सँग शहीद दशरथ चन्द विश्वविद्यालय को गेटासम्बन्धी विषयमा विश्वविद्यालयको टोलीले महत्वपूर्ण छलफल सम्पन्न गरेको छ। प्रतिनिधि सभा सदस्य डा. आनन्द बहादुर चन्द का अनुसार उक्त भेटमा विश्वविद्यालयलाई शीघ्र सञ्चालनमा ल्याउने विषयमा विशेष जोड दिइएको थियो।


छलफलका क्रममा सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको विकासलाई समग्र क्षेत्रीय समृद्धिको प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको थियो। अर्बौं रुपैयाँ लगानी भइसकेको विश्वविद्यालयलाई ढिलाइ नगरी सञ्चालनमा ल्याउनु अहिलेको प्रमुख आवश्यकता रहेको टोलीले स्पष्ट पारेको छ।


टोलीले सरकारसमक्ष आफ्नो प्राथमिकता स्पष्ट पार्दै अन्य क्षेत्रका बजेट राज्यले आफ्नो रणनीतिअनुसार निर्धारण गर्न सक्ने भए पनि आफूहरूले माग गर्ने बजेट भने विश्वविद्यालयको सञ्चालन र विकासमै केन्द्रित रहने उल्लेख गरेको छ।


छलफलमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद केपी खनाल को उपस्थिति रहेको थियो। यद्यपि आकस्मिक रूपमा बैठक तय भएकाले दीपक बोहोरा, डॉ तारा जोशी, खेम कोइराला, जगतप्रसाद जोशी, कोमल ज्ञवाली, ज्ञानेन्द्र मेहता, जनकसिंह धामी र हरिमोहन भण्डारी लगायतका नेताहरू उपस्थित हुन सकेनन्।


यस अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी का प्रस्तावित सहमहामन्त्री भुपदेव शाह तथा सुदूरपश्चिम प्रदेश सभापति इञ्जिनियर प्रकाश विष्ट लगायतको ऐक्यबद्धता रहेको जनाइएको छ।


छलफल समग्र सुदूरपश्चिमको दिगो र सन्तुलित विकासलाई केन्द्रमा राखेर योजना पहिचान तथा प्रभावकारी रूपमा लबिइङ गर्ने उद्देश्यका साथ अघि बढाइएको हो।


अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले उक्त विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आवश्यक बजेट विनियोजनका लागि सकारात्मक पहल गर्ने संकेत दिनुभएको छ।


प्रतिक्रिया