प्रधानमन्त्री बालेन शाह कतार एयरवेजमार्फत अमेरिकातर्फ प्रस्थान

theoutsidenepal.com

प्रधानमन्त्री बालेन शाह कतार एयरवेजमार्फत अमेरिकातर्फ प्रस्थान

द टन न्युज । काठमाडौं ।
प्रधानमन्त्री बोलेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज कतार एयरवेजमार्फत अमेरिकातर्फ प्रस्थान गरेका छन्।


प्रधानमन्त्री शाह कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्क पुग्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा उनले विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ।


प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।


प्रधानमन्त्रीका रूपमा बालेन शाहको यो पहिलो विदेश भ्रमण हो।


प्रतिक्रिया