नेपाली बजारमा गुणस्तरीय जुत्ताको नयाँ पहिचान बनाउँदै ‘S-STEP’, युवा व्यवसायी मदन तामाङको नेतृत्वमा अन्तर्राष्ट्रिय ब्रान्ड विस्तारको अभियान

theoutsidenepal.com

नेपाली बजारमा गुणस्तरीय जुत्ताको नयाँ पहिचान बनाउँदै ‘S-STEP’, युवा व्यवसायी मदन तामाङको नेतृत्वमा अन्तर्राष्ट्रिय ब्रान्ड विस्तारको अभियान

द टन न्युज | काठमाडौं

नेपाली बजारमा गुणस्तरीय, आकर्षक र टिकाउ जुत्ताको पहिचान स्थापित गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय ब्रान्ड S-STEP ले आफ्नो व्यावसायिक उपस्थिति विस्तार गरिरहेको छ। चीनको गोन्जाउ (Guangzhou) मा मुख्य कार्यालय रहेको S-STEP ले नेपालमा काठमाडौंको न्युरोडलाई आफ्नो व्यावसायिक सम्पर्क तथा सञ्चालन केन्द्र बनाएको छ।


S-STEP का निर्माता तथा निर्यातकर्ता मदन तामाङ एक प्रभावशाली युवा व्यवसायी एवं समाजसेवीका रूपमा परिचित छन्। व्यवसायलाई केवल नाफा आर्जन गर्ने माध्यमका रूपमा मात्र नभई गुणस्तरीय उत्पादन, रोजगारी सिर्जना, उपभोक्ताको विश्वास र अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारको अवसरका रूपमा अघि बढाउने उनको सोच प्रशंसनीय छ।


गुणस्तर, टिकाउपन र आकर्षक डिजाइन मुख्य प्राथमिकता

S-STEP ले पुरुष, महिला, स्पोर्ट्स तथा सेफ्टी सुजलगायत विभिन्न प्रकारका जुत्ताहरू उपलब्ध गराउने लक्ष्यसहित आफ्नो उत्पादन तथा व्यापारिक गतिविधि अघि बढाएको छ।


‘Limited Quantity, Built to Last Quality’ अर्थात् सीमित उत्पादन, तर टिकाउ गुणस्तर भन्ने अवधारणालाई ब्रान्डले आफ्नो पहिचानका रूपमा प्रस्तुत गरेको छ।

’ S-STEP is not just shoes. S-STEP is a genuine brand’ भन्ने ब्रान्ड सन्देशले पनि जुत्ताको व्यापारभन्दा माथि उठेर आफ्नै व्यावसायिक पहिचान निर्माण गर्ने कम्पनीको लक्ष्यलाई प्रतिबिम्बित गर्छ।

चीनदेखि नेपालसम्म व्यावसायिक सम्बन्ध विस्तार

चीनको गोन्जाउमा मुख्य कार्यालय र नेपालको काठमाडौंस्थित न्युरोडमा सम्पर्क केन्द्र रहेको S-STEP ले अन्तर्राष्ट्रिय उत्पादन तथा व्यापारिक अनुभवलाई नेपाली उपभोक्तासम्म पुर्‍याउने उद्देश्य राखेको छ।


युवा व्यवसायी मदन तामाङको नेतृत्व, व्यावसायिक सक्रियता र समाजप्रतिको उत्तरदायित्वले S-STEP को यात्रालाई थप अर्थपूर्ण बनाएको छ। व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहने युवा उद्यमीहरूको उपस्थितिले नेपाली उद्यमशीलताको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्दछ।


नेपाली बजारमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डबीच प्रतिस्पर्धा बढिरहेका बेला गुणस्तर र उपभोक्ताको विश्वासलाई केन्द्रमा राखेर अघि बढ्नु S-STEP का लागि महत्वपूर्ण अवसर हुन सक्छ।

मदन तामाङको व्यावसायिक यात्रा केवल व्यापार विस्तारमा सीमित नरही नेपाली बजारमा विश्वास, गुणस्तर र अन्तर्राष्ट्रिय व्यावसायिक सम्भावनाको नयाँ ढोका खोल्ने अभियानका रूपमा अघि बढोस्।

द टन न्युज परिवार युवा व्यवसायी मदन तामाङ तथा S-STEP को व्यावसायिक सफलताको कामना गर्दछ।

सम्पर्क विवरण:

  • ब्रान्ड: S-STEP
  • निर्माता तथा निर्यातकर्ता: मदन तामाङ
  • मुख्य कार्यालय: गोन्जाउ, चीन
  • नेपाल सम्पर्क: न्युरोड, काठमाडौं
  • मोबाइल: 9851099720
  • टेलिफोन: 01-5713384

प्रतिक्रिया