काठमाडौं — देशको नेतृत्व परिवर्तन, स्थिर सरकार र नयाँ निकासको बहस तीव्र बन्दै गइरहेका बेला आम जनता पार्टीकी उपाध्यक्ष एलिजा गौतम ले मतदातालाई सोचेर निर्णय गर्न आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिलमा उनले मोबाइल 📲 छापमा मतदान गर्न अब जम्मा १७ दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै नागरिकलाई जिम्मेवार मतदानका लागि आह्वान गरेकी हुन्।
उनले भनिन्, “अब निर्णयको घडी आएको छ। जनताको भरोसा, युवाको ऊर्जा र परिवर्तनको आवाजलाई मतमार्फत बलियो बनाऔं।” देशलाई स्थिरता, सुशासन र विकासको दिशामा अघि बढाउन सचेत र विवेकपूर्ण मतदान आवश्यक रहेको उनको जोड छ।
उपाध्यक्ष गौतमले वर्तमान राजनीतिक परिस्थितिमा स्थायी समाधानका लागि नयाँ सोच र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताउँदै आम जनता पार्टीलाई समर्थन गर्न आग्रह गरेकी छन्। “स्थिर सरकार र दीर्घकालीन विकासका लागि हामी सबै एकजुट हुनुपर्छ,” उनले उल्लेख गरेकी छन्।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका नेताहरू मतदातामाझ सक्रिय भइरहेका छन्। यस्तो अवस्थामा एलिजा गौतमको यो अपिलले चुनावी माहोललाई थप तातो बनाएको विश्लेषण गरिएको छ।