मसुरियामा कांग्रेसको शक्ति प्रदर्शन : कैलाली–४ मा आनन्दको जीत सुनिश्चितजस्तै
मसुरियामा चुनावी र्याली सम्पन्न भएपछि जम्मा भएका कैलाली–४ का कांग्रेस समर्थकहरूको उत्साह र सहभागिताले सम्पूर्ण क्षेत्र नै चुनावमय बनेको छ। झण्डा, नाराबाजी र जनलहरले मसुरिया गुञ्जायमान हुँदा माहोल नै विजय उत्सवजस्तै देखिएको थियो।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोरख बहादुर बिष्ट आनन्द स्पष्ट भिजन र विकासको ठोस एजेन्डासहित चुनावी मैदानमा उत्रिनुभएको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा अन्तर्राष्ट्रिय रुपमा समेत परिचित व्यक्तित्वका रूपमा चिनिनु भएका आनन्दले कैलाली–४ लाई समृद्धि, सुशासन र पूर्वाधार विकासको केन्द्र बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो।
कार्यक्रममा बोल्दै उहाँले शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो। स्थानीय बासिन्दाले पनि विकासप्रेमी, सरल र परिणाममुखी नेतृत्वका रूपमा उहाँप्रति भरोसा व्यक्त गरेका छन्।
मसुरियामा देखिएको जनसागरले कैलाली–४ मा कांग्रेसको पकड बलियो बन्दै गएको स्पष्ट संकेत दिएको छ। समर्थकहरू “आनन्द नै विकल्प” भन्दै विजय सुनिश्चित भएको दाबी गरिरहेका छन्।
कैलाली–४ मा विकासको नयाँ लहर सुरु गर्न सक्षम नेतृत्वको खोजीमा रहेका मतदाताहरूका लागि आनन्दको उम्मेदवारी आशाको किरण बनेको विश्लेषकहरूको भनाइ छ।