‘सम्बन्धमा विश्वास, नेतृत्वमा जिम्मेवारी’ भन्दै नैनसिंह महरद्वारा महामन्त्रीमा समर्थनको अपिल

theoutsidenepal.com

‘सम्बन्धमा विश्वास, नेतृत्वमा जिम्मेवारी’ भन्दै नैनसिंह महरद्वारा महामन्त्रीमा समर्थनको अपिल

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी अघि बढाउँदै महाधिवेशन प्रतिनिधिहरूसँग साथ, समर्थन र अमूल्य मतका लागि अपिल गरेका छन्।

महरले राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै पार्टीभित्रको विश्वास र सम्बन्धलाई नेतृत्वको जिम्मेवारीमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


‘सम्बन्धमा विश्वास, नेतृत्वमा जिम्मेवारी’लाई आफ्नो मूल मन्त्र बनाएका महरले कांग्रेसका नेता तथा कार्यकर्तासँगको लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ गर्दै संगठनलाई प्रभावकारी र जिम्मेवार नेतृत्व प्रदान गर्ने बताएका छन्।

उनले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन्, “यहाँहरूको हरेक सुखदुःखमा जोडिएको हाम्रो यो विश्वासको सम्बन्धलाई अब पार्टी नेतृत्वको जिम्मेवारीमा बदल्न चाहन्छु।”

महामन्त्री पदको उम्मेदवारीलाई महत्वपूर्ण राजनीतिक यात्राका रूपमा प्रस्तुत गर्दै महरले महाधिवेशन प्रतिनिधिहरूको माया, साथ, विश्वास र अमूल्य मतको अपेक्षा गरेका छन्।

महरले आफ्नो उम्मेदवारीमार्फत नेपाली कांग्रेसको आदर्श, संगठनात्मक सुदृढीकरण र जिम्मेवार नेतृत्वलाई प्राथमिकतामा राख्ने संकेत गरेका छन्।


प्रतिक्रिया