सिराहा–१ बाट उम्मेदवारी दिएका पूर्व मन्त्री बब्लु गुप्ता यतिबेला घरदैलो अभियानमा अत्यन्तै सक्रिय देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चुनावी मैदानमा उत्रिएका गुप्ताले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
स्थानीय बासिन्दासँग भेटघाट, समस्या सुन्ने र समाधानका प्रतिबद्धता व्यक्त गर्ने कार्यले उनको लोकप्रियता अझ बढेको समर्थकहरू बताउँछन्। पछिल्ला गतिविधि र जनलहर हेर्दा सिराहा–१ मा उनको पल्ला भारी देखिएको छ।
घरदैलो अभियानमा देखिएको उत्साह र सहभागिताले आगामी निर्वाचनमा उनको पक्षमा सकारात्मक संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
21 February 2026