ढाकाटोपीमा स्वागत, नेपाल आएर जमजम दाजुभाइको प्रतिक्रिया– ‘नेपाल त स्वर्ग नै रहेछ’

theoutsidenepal.com

ढाकाटोपीमा स्वागत, नेपाल आएर जमजम दाजुभाइको प्रतिक्रिया– ‘नेपाल त स्वर्ग नै रहेछ’

काठमाडौं, २२ साउन । सामाजिक सञ्जालमार्फत आफ्नो संघर्ष र सफलताको कथाले लाखौं मानिसको मन जितेका पाकिस्तानी व्यवसायी जमजम दाजुभाइ नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई नेपाली परम्पराअनुसार ढाकाटोपी लगाएर भव्य स्वागत गरिएको थियो।

नेपाल आगमनपछि यहाँको आतिथ्य, प्राकृतिक सौन्दर्य र नेपालीहरूको आत्मीय व्यवहारबाट प्रभावित हुँदै उनीहरूले प्रतिक्रिया दिए, "नेपाल त स्वर्ग नै रहेछ।" उनीहरूको यो भनाइ अहिले सामाजिक सञ्जालमा समेत चर्चा बटुलिरहेको छ।

दुबईमा सफल व्यवसाय सञ्चालन गरिरहेका जमजम दाजुभाइ नेपालमा पनि आफ्नो व्यवसाय विस्तार गर्ने योजनासहित आएका हुन्। नेपाल बसाइका क्रममा उनीहरूले आफ्नो नयाँ पर्फ्युम ब्रान्ड सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्।

सामान्य अवस्थाबाट अथक मेहनत, संघर्ष र निरन्तर प्रयासका बलमा छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको व्यवसायिक सफलता हासिल गरेका उनीहरूको यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

नेपालमा उनीहरूको आगमनले नयाँ लगानी, व्यापारिक सहकार्य तथा नेपाल–पाकिस्तानबीचको सांस्कृतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया