मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत सुन्दरहरैचा नगरपालिकामा आज नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डॉ. सुनिल शर्मा को विशाल र्यालीसहित भव्य घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
र्यालीमा हजारौं कार्यकर्ता, समर्थक तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो। विभिन्न टोल–टोलमा पुगेका उम्मेदवार शर्मालाई सर्वसाधारणले फूलमाला, खादा र तालीको गडगडाहटसहित स्वागत गरेका थिए। युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय उपस्थितिले चुनावी माहोल झनै उत्साहित र ऊर्जावान बनेको देखिन्थ्यो।
घरदैलोका क्रममा डा. शर्माले क्षेत्रको विकास, रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षामा सुधारलाई प्राथमिकतामा राख्दै आफू जनताको भरोसाको प्रत्याशी भएको बताए। उनले जनताको समस्या नजिकबाट बुझेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयवासीहरूले यसपटक परिवर्तन र विकासको निरन्तरताका लागि डा. शर्मालाई समर्थन गर्ने बताएका छन्। जनताको अपार माया र समर्थनले मोरङ–३ मा कांग्रेसको माहोल थप बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
मोरङ–३ मा बढ्दो जनलहरसँगै चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ।