जन्मदिनमा प्राप्त शुभेच्छाप्रति एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सन्तोष पहरीको आभार

theoutsidenepal.com

जन्मदिनमा प्राप्त शुभेच्छाप्रति एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सन्तोष पहरीको आभार

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाका वरिष्ठ उपाध्यक्ष सन्तोष पहरीले आफ्नो जन्मदिनका अवसरमा शुभकामना, माया तथा आशीर्वाद प्रदान गर्ने सम्पूर्ण परिवारजन, आफन्त, मित्र तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

पहरीले सामाजिक सञ्जालमार्फत जन्मदिनमा प्राप्त फोन, सन्देश, सामाजिक सञ्जालका पोस्ट तथा आत्मीय शब्दहरूले आफ्नो दिनलाई मात्र नभई मनलाई समेत विशेष बनाएको बताएका छन्।

उनले जीवनको सबैभन्दा ठूलो कमाइ माया, मित्रता र आत्मीय सम्बन्ध नै रहेको अनुभूति अझ गहिरो भएको उल्लेख गरेका छन्। आफूलाई सम्झिएर शुभकामना तथा सद्भाव व्यक्त गर्ने सबैप्रति सधैं कृतज्ञ रहने बताउँदै उनले सबैमा धन्यवाद, माया र सम्मान व्यक्त गरेका छन्।

पहरीले लेखेका छन्, “तपाईंहरूको माया र सद्भावप्रति सधैं कृतज्ञ रहनेछु।” जन्मदिनको अवसरमा प्राप्त शुभेच्छाले आफूलाई थप आत्मीयता र जिम्मेवारीको अनुभूति गराएको उनको भनाइ छ।


प्रतिक्रिया