सुशासन, समृद्धि र विकासको प्रतिबद्धता: प्रेम आले चुनावी मैदानमा

theoutsidenepal.com

कैलाली – नेपाली कम्युनिस्ट पार्टीका नेता प्रेम आले प्रतिनिधि सभा सदस्य पदका लागि कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।


उनले सुशासन, समृद्धि र दिगो विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। चुनावी अभियानका क्रममा उनले पारदर्शी शासन प्रणाली, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


आलेले क्षेत्रका सडक, सिँचाइ, खानेपानी र पूर्वाधार विकासलाई तीव्र गतिमा अघि बढाउने योजना सार्वजनिक गर्दै स्थानीय जनताको साथ र विश्वास मागेका छन्।


उनका समर्थकहरूले “तारा चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी गराऔं” भन्ने नारासहित घरदैलो अभियानलाई सशक्त बनाएका छन्। कैलाली–५ मा उनको पक्षमा उत्साहजनक जनसमर्थन देखिएको दाबी गरिएको छ।


राजनीतिक विश्लेषकहरूका अनुसार विकासमुखी एजेन्डा र स्पष्ट प्रतिबद्धताले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ।


प्रतिक्रिया