कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको दमदार दाबी : भरत बडायर जोशी केन्द्रीय सदस्यका उम्मेदवार

theoutsidenepal.com

द टन न्युज । विशेष रिपोर्ट

कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको दमदार दाबी : भरत बडायर जोशी केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्र पुस्तान्तरण, युवा नेतृत्व र नयाँ ऊर्जाको बहसलाई थप तीव्र बनाइरहेका बेला परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।

जोशीले खुला युवा (३५ वर्षमुनि) तर्फबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी अघि सारेका हुन्। डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि रहेका जोशीको उम्मेदवारीलाई सुदूरपश्चिमबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा युवा आवाज स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।


नगरपालिकाको नेतृत्व सम्हालिरहेका जोशीले स्थानीय तहको अनुभवलाई पार्टीको केन्द्रीय संगठनसँग जोड्दै युवा पुस्ताको प्रतिनिधित्व, संगठन सुदृढीकरण र परिवर्तनमुखी कांग्रेस निर्माणको एजेन्डालाई अघि सार्ने संकेत गरेका छन्।

उनको प्रचार सामग्रीमा नेपाली कांग्रेसको मूल आदर्शसँगै ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समृद्ध नेपालको लागि सशक्त कांग्रेस अबको विकास’ भन्ने सन्देशलाई प्राथमिकता दिइएको छ।

सुदूरपश्चिमको राजनीतिक धरातलबाट उदाएका जोशीको उम्मेदवारीले विशेषगरी युवा पुस्तामा उत्साह र राजनीतिक आकर्षण बढाउने अपेक्षा गरिएको छ। स्थानीय सरकारको नेतृत्वमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका उनी अब पार्टीको केन्द्रीय तहमा पुगेर युवा पुस्ताको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने तयारीमा देखिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेतृत्व र पुस्तान्तरणको मुद्दा बलियो रूपमा उठिरहेका बेला भरत बडायर जोशीको उम्मेदवारीलाई नयाँ पुस्ताको हस्तक्षेप र सुदूरपश्चिमको प्रतिनिधित्व विस्तार गर्ने प्रयासका रूपमा लिन थालिएको छ।

अब महाधिवेशन प्रतिनिधिहरूको मतबाट उनको राजनीतिक यात्रा केन्द्रीय नेतृत्वको नयाँ जिम्मेवारीतर्फ अघि बढ्छ वा बढ्दैन, त्यसको फैसला महाधिवेशनले गर्नेछ।


प्रतिक्रिया