पशुपतिनाथको दर्शनपछि नेता सुनील कुमार शर्माले व्यक्त गरे कृतज्ञता, परिवारसहित विशेष पूजामा सहभागी

theoutsidenepal.com

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा परिवारसहित पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा–आराधना तथा दर्शन गर्नुभएको छ।


वैदिक विधिअनुसार सम्पन्न भएको उक्त विशेष पूजामा पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टको सान्निध्यमा अभिषेक, रुद्रपूजा तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको थियो। पूजा व्यवस्थापन तथा सम्पूर्ण धार्मिक समन्वय श्री राजराजेश्वरी निर्मल अखडा का स्वामी गोकुलानन्द वेदान्ताचार्य ले गर्नुभएको थियो।


पूजापश्चात् स्वामी गोकुलानन्द वेदान्ताचार्यले नेता शर्मा र उहाँको परिवारलाई उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको शुभाशीर्वाद प्रदान गर्नुभएको थियो। धार्मिक वातावरणबीच सम्पन्न भएको उक्त पूजाअर्चनाले उपस्थित भक्तजनको समेत ध्यान आकर्षित गरेको थियो।


दर्शनपछि नेता शर्माले पशुपतिनाथको दिव्य आशीर्वाद प्राप्त भएको अनुभूति व्यक्त गर्दै मूल भट्ट, स्वामी गोकुलानन्द वेदान्ताचार्य तथा पूजामा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभएको थियो। उहाँले धर्म, संस्कार र आध्यात्मिक मूल्यप्रति आफ्नो आस्था निरन्तर रहने विश्वाससमेत व्यक्त गर्नुभएको छ।


प्रतिक्रिया