‘प्रचण्डतन्त्र दिवस’ भन्दै रविन्द्र मिश्रको व्यंग्यात्मक टिप्पणी

theoutsidenepal.com

‘प्रचण्डतन्त्र दिवस’ भन्दै रविन्द्र मिश्रको व्यंग्यात्मक टिप्पणी

स्वतन्त्र युवा तथा लेखक रविन्द्र मिश्र ले सामाजिक सञ्जालमार्फत ‘प्रचण्डतन्त्र दिवस’ शीर्षकमा व्यंग्यात्मक टिप्पणी सार्वजनिक गरेका छन्।जेठ १५ को सन्दर्भ पारेर उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘प्रचण्ड युगका नायक’ र ‘प्रचण्डतन्त्रका पिता’को रूपमा व्यंग्य गर्दै समकालीन राजनीतिमा प्रचण्डको प्रभावबारे कटाक्ष गरेका हुन्।

मिश्रले आफ्नो स्टाटसमार्फत वर्तमान राजनीतिक नेतृत्व, दल तथा सार्वजनिक व्यक्तित्वहरूमा प्रचण्डको राजनीतिक शैली र प्रभाव देखिएको संकेत गरेका छन्। उनले बालेन्द्र शाह, रवि लामिछाने, डा. स्वर्णिम वाग्ले, शेरबहादुर देउवा, केपी शर्मा ओली लगायतका नेताहरूको नाम उल्लेख गर्दै उनीहरूमा समेत ‘प्रचण्डवादी प्रभाव’ रहेको व्यंग्य गरेका छन्।

उनले स्टाटसमा “सबैको अनुहारमा प्रचण्डको लेप लागेको छ” भन्दै नेपालको राजनीतिक संस्कार र नेतृत्व शैलीमाथि कटाक्ष गरेका छन्।मिश्रले अन्त्यमा “इतिहास रहोस्, अमर नरहोस्” भन्ने टिप्पणी गर्दै आफू फरक मत राख्ने व्यक्तिको रूपमा प्रस्तुत भएका छन्।उनको उक्त स्टाटस सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ भने समर्थक र आलोचकबीच विभिन्न प्रतिक्रिया देखिएका छन्।

प्रतिक्रिया