फेसबुकमा युवराज सफल १ लाख फलोअर्स पार, भव्य सेलिब्रेशन

theoutsidenepal.com

काठमाडौं — नेपालमा मुद्धा हाल्ने व्यक्ति भनेर  परिचित युवा युवराज सफलको फेसबुक प्आरो मै आज १ लाख फलोअर्स पुगेको छ।


फलोअर्सको यो ठूलो संख्यालाई सफलले केक काटेर भव्य रूपमा सेलिब्रेट गरेका छन्। उनका पोस्ट अनुसार, यस उपलब्धिले उनलाई अझ सक्रिय, आक्रामक र स्पष्ट दृष्टिकोणका साथ सामाजिक र राजनीतिक मुद्दामा आवाज उठाउन प्रेरित गरेको छ।


युवराज सफललाई नेपाली फेसबुकमा ‘मुद्धा हाल्ने व्यक्ति’ को रूपमा चिनिन्छ। उनका विचार, बहस र टिप्पणीहरू प्रायः आक्रामक हुने भए पनि युवा समुदायमा उनी अत्यन्तै परिचित छन्।


उनको फ़ेसबुक प्रोफ़ाइल मा १ लाख फलोअर्स पुग्नुले उनको डिजिटल उपस्थितिलाई अझ सशक्त बनाएको र युवापुस्तामा उनको प्रभाव बढाएको छ।


प्रतिक्रिया