इलाम । आगामी प्रतिनिधि सभा निर्वाचन, २०८२ अन्तर्गत इलाम क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ् चुनावी मैदानमा सक्रिय भएका छन्। युवा, भीजनरी र जनप्रिय नेता रूपमा परिचित नेम्वाङ् क्षेत्रका मतदाताबीच लोकप्रियता बढाउँदै आएका छन्।
फागुन २१ सम्मको चुनावी गतिविधि र मतदाताको प्रतिक्रियाअनुसार सुहाङ नेम्वाङ् विजयी हुने सम्भावना उल्लेखनीय रूपमा बढेको निर्वाचन विशेषज्ञहरूले अनुमान गरेका छन्। उनका अभियानले युवामैत्री नीतिहरू र स्थानीय विकासका योजना प्रस्तुत गर्दै मतदातासँग सिधा संवाद कायम गरेको छ।
एमाले स्रोतका अनुसार नेम्वाङ् आफ्नो क्षेत्रको मुद्दा र विकास योजनालाई प्राथमिकता दिंदै निरन्तर मतदाता भेटघाट र प्रचारप्रसारमा जुटेका छन्। चुनावी तालिकाअनुसार फागुन २१ मा मतदान सम्पन्न भएपछि उनका जीतको दाबी अझ स्पष्ट हुने देखिन्छ।
सुहाङ नेम्वाङ्को युवा नेतृत्व, भीजनरी छवि र लोकप्रियताले इलाम २ को मतदातामाझ उनको मजबूत स्थिति पुष्टि गरेको छ।