“सही समय आएपछि सबैको गलत समय आउँछ” : प्रधानमन्त्री बालेन शाहको कडा सन्देश
द टन न्युज | काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत कडा सन्देश दिएका छन्।
प्रधानमन्त्री शाहले आफ्नो स्टाटसमा लेखेका छन्, “सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !”
उनको यो अभिव्यक्तिले राजनीतिक तथा सार्वजनिक वृत्तमा चासो उत्पन्न गराएको छ। स्टाटसमा कसलाई लक्षित गरिएको हो भन्ने विषयमा भने उनले स्पष्ट पारेका छैनन्।
प्रधानमन्त्री शाहले पछिल्लो स्टाटसमा कसलाई लक्षित गरेका हुन् भन्ने खुलाएका छैनन्। यद्यपि उनको अभिव्यक्तिलाई राजनीतिक वृत्तमा सम्भावित कारबाही, जवाफदेहिता र विगतका गतिविधिको हिसाबकिताबसँग जोडेर विभिन्न कोणबाट व्याख्या गर्न सकिने देखिन्छ।
प्रधानमन्त्रीको सन्देशले उठाएको प्रश्न छ— सही समय कहिले आउँछ र त्यसको दायरामा को–को पर्छन्?