खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशनको अन्तिम तयारी तीव्र

theoutsidenepal.com

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशनको अन्तिम तयारी तीव्र

द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आयोजकले अन्तिम तयारीलाई तीव्रता दिएको छ।


महाधिवेशनस्थल खुलामञ्चमा शनिबार रातिसम्म पनि कामदारहरू मञ्च निर्माण, सजावट, व्यवस्थापन तथा आवश्यक संरचना तयार पार्न व्यस्त देखिएका छन्।


महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि तथा सहभागीलाई लक्षित गर्दै आवश्यक व्यवस्थापनका कामहरूलाई तीव्र गतिमा अघि बढाइएको छ। रातिको समयमा समेत कामदारहरू निरन्तर खटिएर महाधिवेशनस्थललाई अन्तिम रूप दिन जुटेका छन्।


नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको आगामी नेतृत्व, नीति तथा संगठनात्मक दिशाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। महाधिवेशनको उद्घाटनसँगै खुलामञ्चमा कांग्रेसका नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया