बाढीले सबै लग्यो, राहतमा पाएको चाउचाउ बेचेर औषधि किन्नुपर्ने बाध्यता

theoutsidenepal.com

बाढीले सबै लग्यो, राहतमा पाएको चाउचाउ बेचेर औषधि किन्नुपर्ने बाध्यता

काठमाडौं । बाढीले घर–सम्पत्ति मात्रै होइन, दैनिक जीवनका अत्यावश्यक सामग्रीसमेत बगाएपछि बाढीपीडितको अवस्था थप कठिन बन्दै गएको छ। बाढीपीडित सुरेश कुमार कारन्जितको पीडादायी भनाइले विपत्तिपछिको स्वास्थ्य संकटको गम्भीर तस्वीर प्रस्तुत गरेको छ।

“बाढीले सबै लग्यो, दैनिक खाने प्रेसरको औषधि पनि बगायो, राहतमा पाएको चाउचाउ बेचेर औषधि किन्दै छु,” कारन्जितले भने।

नियमित रूपमा सेवन गर्नुपर्ने उच्च रक्तचापको औषधिसमेत बाढीले बगाएपछि कारन्जित राहतमा प्राप्त खाद्यान्न बेचेर औषधि किन्न बाध्य भएका थिए। विपत्तिका बेला खाद्यान्न, कपडा र अस्थायी आश्रयसँगै नियमित सेवन गर्नुपर्ने औषधि तथा स्वास्थ्य उपचारको अभाव पनि ठूलो चुनौती बन्ने गरेको यस घटनाले देखाएको छ।

यही कठिन परिस्थितिमा डा. सुनील शर्माद्वारा सञ्चालित केएमसी (KMC) बाढीपीडितका लागि महत्वपूर्ण सहारा बनेको छ। केएमसीमार्फत कारन्जितले आवश्यक औषधि तथा स्वास्थ्य उपचार पूर्ण रूपमा निःशुल्क प्राप्त गरेका छन्।

बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर हुँदा दीर्घरोगी, वृद्धवृद्धा तथा नियमित औषधि सेवन गर्नुपर्ने नागरिक थप जोखिममा पर्ने गरेका छन्। त्यसैले राहत तथा उद्धारसँगै अत्यावश्यक औषधि र निरन्तर स्वास्थ्य सेवाको व्यवस्थालाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।

कारन्जितको घटना विपत्तिपछिको राहत व्यवस्थापनमा स्वास्थ्य आवश्यकतालाई अझ गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने स्पष्ट सन्देश बनेको छ।


प्रतिक्रिया