कैलाली ।सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा सुरक्षित मानिएको कैलाली–४ मा यसपटक Lekharaj Bhatta को पक्षमा जनमत मजबुत बन्दै गएको एमालेका नेताहरूको दाबी छ। नेकपा एमालेका उपमहासचिवसमेत रहेका भट्टको चुनावी अभियान गाउँ–गाउँमा तीव्र बन्दै जाँदा कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन्।
२०६४ र २०७४ सालमा विजयी भएका भट्टले यसपटक विगतको अनुभव र विकासका एजेन्डालाई आधार बनाएर मतदातामाझ पुगेका छन्। उनले धनगढी–दिपायल द्रुत मार्ग र गेटामा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आफ्नै पहलमा अघि बढेको दाबी गर्दै बाँकी काम पूरा गर्न संसदमा आफ्नो आवश्यकता औँल्याइरहेका छन्।
एमालेका स्थानीय नेताहरूका अनुसार कैलाली–४ मा यसपटक संगठन बलियो बनेको छ र मतदातामा विकासप्रतिको भरोसा बढेको छ। गोदावरी नगर कमिटीका अध्यक्ष सन्तोष सिंह भन्छन्, “भट्टज्यूले पदमा रहँदा गरेका काम जनताले अनुभूति गरेका छन्। यही आधारमा उहाँको जित सुनिश्चित देखिन्छ।”
स्थानीय स्तरमा भौतिक पूर्वाधार, सडक स्तरोन्नति, स्वास्थ्य र शिक्षाको सुधार मुख्य मुद्दा बनेका छन्। भट्टले विगतमा सुरु गरिएका आयोजनालाई पूर्णता दिने प्रतिबद्धता दोहोर्याउँदै “स्थिरता र विकासका लागि एमाले” भन्ने नारासहित मत मागिरहेका छन्।
चुनावी माहोल तात्दै जाँदा कैलाली–४ मा लेखराज भट्टको पक्षमा जनलहर बढ्दो देखिएको एमालेको निष्कर्ष छ। अब अन्तिम निर्णय भने मतदाताको मतपेटिकाले गर्नेछ।