भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

theoutsidenepal.com

बैतडी — निर्वाचन सुरक्षामा खटिएका एक जना प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो।


निर्वाचन प्रहरी चन्द सुन्दरखाली मैदानमा सञ्चालित तालिम सम्पन्न गरी घरतर्फ फर्किने क्रममा आज बिहान खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


प्रतिक्रिया